Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

खुकुरी प्रहार गरी लुटपाट गर्ने गिरोह पक्राउ

खुकुरी प्रहार गरी लुटपाट गर्ने गिरोह पक्राउ


  • 9.2K
    Shares

    • images
    खुकुरी प्रहार गरी  लुटपाट गर्ने  गिरोह पक्राउ
    images

    काठमाडौं । खुकुरी प्रहार गरी लुटपाट गर्ने गिरोहका ५ जना सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा असनका रोहन नेपाली शाही, थानकोटका अभय तुलाधार, जुम्लाका हरि शर्मा, चक्रपथका अमित तुलाधर र नरदेवीका रोहित शाही छन् ।

    महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार उनीहरुले मैतीदेवीको सन्दुस बचत तथा ऋण सहकारी संस्थामा मार्केटिङको काम गर्ने प्रेम गजमेरलाई खुकुरी प्रहार गरी लुटपाट गरेका थिए ।

    थापाका अनुसार १५ पुसमा गजमेरले बजारबाट संकलन गरेर बोकेको एक लाख ६६ हजार ९ सय १५ रुपैयाँ उनीहरुको समूहले चाबहिलमा जबरजस्ती लुटपाट गरेको थियो ।

    घटनाबारे अनुसन्धान गर्ने क्रममा लुटपाट गरेर लगिएको नगद, सहकारीका कागज पत्र, झोला र पीडितलाई प्रहार गरिएको खुकुरीसहित चोरीका ४ स्कुटर र एउटा मोटरसाइकलसमेत बरामद गरिएको छ । थप अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, गौशाला पठाइएको एसपी ईश्वर कार्कीले बताए ।

     

    प्रकाशित मिति :पौष १७ २०७७ शुक्रवार - १५:४०:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij