२०८२ भाद्र ११ गते बुधवार
बुटवल । सिदार्थ राजमार्ग अन्तर्गत रुपन्देहीको तिलोत्तमामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा २ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीकाअनुसार तिलोत्तमाको नयाँ मिल नजिक भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको ग १ ख ४८८८ नम्बरको ट्रकले लु २० प ३७५२ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार दुई जना गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा तिलोत्तमा–११ का रनबहादुर खड्का र उनकी धर्मपत्नी सावित्रा खड्का रहेको प्रहरीले जनाएको छ । उनीहरुको क्रिमशन अस्पतालमा उपचार भइरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij