Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

पाँच वर्षीय बालकको शव गाडिएको अवस्थामा फेला

पाँच वर्षीय बालकको शव गाडिएको अवस्थामा फेला


  • 11.3K
    Shares

    • images
    पाँच वर्षीय बालकको शव गाडिएको अवस्थामा फेला
    images

    धनुषा । धनुषामा एक बालकको हत्या गरी शव गाडिएका अवस्थामा फेला परेको छ । बिदेह नगरपालिका–२ का पाँच वर्षीय बालक अभिनवकुमार रायको शव गाडिएको अवस्थामा आज बिहान फेला परेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रले बताएको छ । 

    प्रहरी प्रवक्ता मिश्रले बालक दुई दिनदेखि बेपत्ता भएको र खोजी गर्ने क्रममा बालकको शव उनकै हजुरबुबा पर्नेको गोठमा गाडिएको अवस्थामा फेला परेको बताए । मिश्रले भने, ‘शुरुआती क्रममा उनको घाँटी थिचेर हत्या गरेको देखिन्छ, शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएका छौँ । रिपोर्ट आएपछि अन्य अनुसन्धान अगाडि बढ्छ ।” बालकको शव फेला परेपछि तत्काल अनुसन्धानका लागि प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुसँग सोधपुछ भइरहेको मिश्रले बताए ।

    प्रकाशित मिति :पौष १७ २०७७ शुक्रवार - १४:२९:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij