२०८२ भाद्र ११ गते बुधवार
मोरङको विराटनगर–१७ मटेरुवाबाट अवैध भारतीय रकमसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्ने २५ वर्षीय सुजित कुमार रहेका छन् । उनी भारत अररीयाका हुन् ।
उनलाई पाँच सय दरका अवैध भारतीय नोटसहित साँझ ५ बजेतिर पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बताए ।
सुजितको साथबाट पाँच सय दरका एक सय चारवटासहित ५२ हजार भारतीय रूपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij