२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । राष्ट्रिय धरोहर प्रतिष्ठान नेपालले ‘राष्ट्र एक राष्ट्रको पोसाक किन अनेक ?’ राष्ट्रिय पोसाक दिवस मनाएको छ । प्रतिष्ठानले हराउँदै गएको नेपाली पोसाकलाई संरक्षण गर्ने उद्देश्यसहित आज माइतिघरमा प्रदर्शनसमेत गरेको छ ।
विश्वजगतलाई नेपाली पोसाक चिनाउने उद्देश्यले आज आठौं राष्ट्रिय पोसाक दिवस मनाइएको प्रतिष्ठानका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले जानकारी दिए ।
‘‘विगतका वर्षहरुमा पनि हामीले सम्पूर्ण नेपालीको मनमा राष्ट्रिय पोसाक, झन्डाका लागि संघर्ष गर्दै आइरहेका छौँ,’’ उनले भने, ‘‘दौरासुरुवाल, गुन्युचोलो हाम्रो राष्ट्रिय पोसाक हो, सम्पूर्ण नेपालीले यसको संरक्षण गर्न जरुरी छ ।’’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij