२०८२ भाद्र ११ गते बुधवार
जाजरकोटमा नचिनेको मान्छेको समूहले कर्णाली प्रदेश सभाको संसदीय समितिका अध्यक्ष गणेशप्रसाद सिंहको गाडी जलाएको छ ।
कर्णाली प्रदेश ००१ झ ००४० नम्बरको गाडीमा गएराति आगजनी भएको हो । सिंह जाजरकोटमा प्रदेश सरकार मातहतका योजनाहरुको अनुगमन गर्न गएको बेला भेरी नगरपालिका पुन्मामा गाडी जलेको अवस्थामा भेटिएको जाजरकोट प्रहरीले जनाएको छ ।
यसबारे अनुसन्धान भैरहेको पनि प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij