२०८२ भाद्र ११ गते बुधवार
कोरोना संक्रमित एक २७ वर्षीय नेपाली युवकको पोर्चुगलमा मृत्यु भएको छ । साउ जोसे अस्पताल मार्तिमुनिज लिस्बनमा उपचाररत तिलबहादुर रानाको मृत्यु भएको हो ।
तनहुँ घर भएका उनी विगत एक महिनादेखि निमोनिया र कोभिडको सङ्क्रमणबाट ग्रसित भई आइसोलेशनमा रही उपचाररत रहेको परिवारले जानकारी दिएको छ ।
राना मृत्युले नेपाली समुदायलाई गहिरो चोट पुगेको पोर्चुगलस्थित अवैतानिक महावाणिज्य दूत मकर हमाल र गैरआवसीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष तिलक गैरेले बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij