Logo

२०७८ माघ १५ गते शनिवार

images

इतिहाँसमै सवैभन्दा वढि गर्भनिरोधक अस्थायी साधनको माग

इतिहाँसमै सवैभन्दा वढि गर्भनिरोधक अस्थायी साधनको माग

खबर सेन्टर

१२ मंसिर २०७८
  • 1.1K
    SHARES
  • images
    images
    इतिहाँसमै सवैभन्दा वढि गर्भनिरोधक अस्थायी साधनको माग
    images
    images

    बजार क्षेत्रका औ’षधी पसल, अस्पताल रोडका नीजि अस्पतालहरुमा अस्थायी साधन खरिदविक्रि बढेको बताईएको छ। अप्रत्यासित रुपमा अस्थायी साधनको माग बढेपछि औषधी ब्यवसायीहरु आस्चर्यमा परेका छन् ।

    images
    images
    images

    यसअघि समान्य रुपमा माग हुने अस्थायी साधनको माग बढेपछि औषधी पसलदेखि पान पसल, केहि होटलको काउन्टर तथा किराना पसलमा पनि गर्भनिरोधक साधन पाउन थालेको छ। विशेष गरी कण्डम, गर्भ निरोधक चक्कीहरु पिल्स, एस्ट्रोजेन, मिनिपिल तथा केही सुईहरुको माग बढेको औषधी ब्यवसायीहरु बताउँछन् ।

    जथाभावी कण्डम तथा पिल्स विक्रि हुन थालेपछि औषधी पसले भने रुष्ट छन्। जथाभावी अस्थायी साधन विक्रि हुँदा समेत नियन्त्रण गर्ने निकायले वेवास्ता गरेको उनीहरुको गुनासो छ।

    एमालेको अधिवेशनका कारण अहिले चितवनका सवै होटलहरु खचाखच भरिएका छन् । जसमा प्राय जोड़ी, प्रेमी र धेरै जसो दम्पत्तिहरु नै सहभागी छन् । त्यसैले पनि अस्थायी सा’धनको माग बढेको हुन सक्ने औषधी ब्यवसायीहरुको अनुमान छ।

    एक ब्यवसायीका अनुसार चितवनमा इतिहाँसमै पहिलो पटक यति धेरै अस्थायी साधनको माग भएको हो। अस्थायी साधनमा पनि कण्डमको माग अत्याधिक छ। गर्भ रोक्ने र एचआईभी लगायतका यौन प्रसारित संक्रमणहरुवाट पनि बचाउने हुनाले पनि कण्डमको माग बढेको हुनसकने उनी बताउँछन् । 

     

    images
    प्रकाशित मिति :मंसिर १२ २०७८ आइतवार - १४:०९:०१ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार