Logo

२०७८ मंसिर १२ गते आइतवार

images

शहीद प्रतिष्ठानको गठन सरकारको सही कदम, चार सदस्य नियुक्त

शहीद प्रतिष्ठानको गठन सरकारको सही कदम, चार सदस्य नियुक्त

खबर सेन्टर डेस्क

९ मंसिर २०७८
  • 337
    SHARES
  • images
    images
    शहीद प्रतिष्ठानको गठन सरकारको सही कदम,  चार सदस्य नियुक्त
    images
    images
    images

    जनकपुर । प्रदेश २ सरकारले मधेशी शहीद प्रतिष्ठान निर्देशक समितिमा चार सदस्य नियुक्त गरेको छ । विभिन्न आन्दोलनका क्रममा शहीद भएका  परिवार तथा घाइते भएकाको हकहितका लागि प्रदेश २ सरकारले मधेशी शहीद प्रतिष्ठान निर्देशक समिति गठन गरेको हो ।

    images
    images
    images

    प्रदेश २ सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले प्रतिष्ठानमा विभिन्न आन्दोलनमा शहीद भएकाहरुका परिवारका सदस्यलाई समितिमा नियुक्त गरेको हो । प्रतिष्ठानले सर्लाहीका रामनरेशराय यादव, महोत्तरीकी सिम्पीकुमारी साह, सप्तरीकी कविताकुमारी ठाकुर र रौतहटका सुरेन्द्र जैसवाललाई नियुक्त गरेको जनाएको छ । 

     नवनियुक्त सदस्यहरुलाई आजै प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका  आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रमाणपत्र प्रदान गर्नुभयो । मधेशी शहीद प्रतिष्ठान निर्देशिका अनुसार प्रतिष्ठानमा ११ सदस्य रहने व्यवस्था छ । आन्तरिक मामिलामन्त्री अध्यक्ष,  शहीद तथा घाइते परिवारबाट चार सदस्य तथा मुख्यमन्त्री कार्यालयलगायत ६ मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था छ । 

    प्रमाणपत्र प्रदान गर्नुहुँदै मन्त्री साहले शहीद र घाइतेलाई परिचयपत्र वितरण, घाइतेको उपचार र उनीहरुका छोराछोरीलाई छात्रवृत्तिको व्यवस्थालगायत  काममा जुट्न सदस्यहरुलाई निर्देशन दिए।

    images
    प्रकाशित मिति :मंसिर ९ २०७८ बिहिवार - १६:०५:४९ बजे

    खबर सेन्टर डेस्क

    सम्बन्धित समाचार