Logo

२०७८ मंसिर १२ गते आइतवार

images

नेकपा एमालेको १०औँ महाधिवेशनलाई प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने

नेकपा एमालेको १०औँ महाधिवेशनलाई प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने

खबर सेन्टर

९ मंसिर २०७८
  • 274
    SHARES
  • images
    images
    नेकपा एमालेको १०औँ महाधिवेशनलाई  प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने
    images
    images
    images

    चितवन । नेकपा एमालेको १०औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा शुक्रबार यहाँ आएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।

    images
    images
    images

    प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार देउवा बिहान ११:४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा आइपुग्नेछन् । हेलिकोप्टरबाट आउने कार्यक्रम रहेको बताइएको छ । नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गरेर दिउँसो १:१५ बजे उनी फर्कनेछन् ।

    तामाङका अनुसार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनता समाजवादी पार्टी ९लोकतान्त्रिक० का महन्थ ठाकुर वा राजेन्द्र महतो कार्यक्रममा आउने जानकारी प्राप्त भएको छ ।

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल आउने वा नआउने टुङ्गो लागि सकेको छैन । अन्य राजनीतिक दलका नेतासमेत आउने कार्यक्रम रहेको छ । महाधिवेशनलाई सम्बोधन गर्न विदेशबाट विभिन्न दलका नेतासमेत आउँदैछन्।

    एमालेले अहिलेसम्मको तयारी र पाहुनाका विषयमा आज दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी दिने जनाएको छ । महाधिवेशन यही मंसिर १० गते देखि १२ गतेसम्म हुँदैछ । महाधिवेशनको उद्घाटन सत्रमा पाँच लाख नेता कार्यकर्ता सहभागी हुने पार्टीले जनाएको छ । बन्दसत्र सौराहामा गरिँदै छ ।

    images
    प्रकाशित मिति :मंसिर ९ २०७८ बिहिवार - १३:१७:५७ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार