Logo

२०७८ मंसिर १२ गते आइतवार

images

एमाले महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुने

एमाले महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुने

खबर सेन्टर

९ मंसिर २०७८
  • 281
    SHARES
  • images
    images
    एमाले महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुने
    images
    images
    images

    काठमाडौँ । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुने भएका छन्।

    images
    images
    images

    एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाले निर्वाचित र मनोनित गरी दुई हजार १७५ प्रतिनिधि महाधिवेशनमा सहभागाी हुने जानकारी दिए। यसअघि कात्तिक २७ गते देशभरिबाट एक हजार १९९ प्रतिनिधि सहभागीका लागि निर्वाचित भएका थिए।

    यही मङ्सिर ७ गते बसेको स्थायी कमिटी बैठकले कूल निर्वाचित प्रतिनिधिको पाँच प्रतिशत प्रतिनिधि मनोनयन गरेको थियो। यसैगरी महाधिवेशनमा १३० पर्यवेक्षक सहभागी हुने भएका छन्। चितवनको भरतपुरमा भोलिदेखि एमालेको महाधिवेशन सुरु हुँदै छ।

    महाधिवेशनले १५ पदाधिकारीसहित २२५ केन्द्रीय कमिटी तथा लेखा र अनुशासन आयोगमा १५र१५ जना निर्वाचित गर्ने छ। महाधिवेशनका लागि देशभरिबाट प्रतिनिधि चितवन आउने क्रम जारी रहेको छ। महाधिवेशन मङ्सिर १२ गतेसम्म सञ्चालन हुनेछ।

    images
    प्रकाशित मिति :मंसिर ९ २०७८ बिहिवार - १३:१५:३५ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार