Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

सिन्धुपाल्चोकको बलेफी–६ स्थित स्वास्थ्य इकाई आधारभूत स्वास्थ्य चौकीमा स्तरोन्नति हुने

सिन्धुपाल्चोकको बलेफी–६ स्थित स्वास्थ्य इकाई आधारभूत स्वास्थ्य चौकीमा स्तरोन्नति हुने


  • 6.1K
    Shares

    • images
    सिन्धुपाल्चोकको बलेफी–६ स्थित स्वास्थ्य इकाई आधारभूत स्वास्थ्य चौकीमा स्तरोन्नति हुने
    images

    युवाहरू जागरूक भएमा विकास निर्माणका कामहरू गर्न रतीभर कठिन हुन्न भन्ने एउटा दृष्टान्त हो सिन्धुपाल्चोक जिल्लाको बलेफी गा•पा•,वार्ड नं• -६,मा निर्मित स्वास्थ्य इकाई ।

    258166310_3135465926686894_1163585526093447443_n.jpg

    भूकम्पपछि निकोल निकी फाउन्डेसनको सहयोग लिएर राजु शर्मालगायत स्थानीय ऊर्जाशील तन्नेरीहरूको अगुवाइमा निर्मित उक्त इकाईलाई कार्तिक ३० गते आधारभूत स्वास्थ्य चौकीमा स्तरोन्नति हुने घोषणा गरिएको छ । बृहत् जनसहभागिताबीच आयोजित स्वास्थ्य चौकी समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा गा•पा• अध्यक्ष केदार क्षेत्रीले स्वस्थ जनताले मात्र विकास निर्माणमा योगदान गर्नसक्ने भन्दै स्वास्थ्य इकाईलाई आधारभूत स्वास्थ्य चौकीमा स्तरोन्नति गरी अत्याआवश्यक औषधिका साथै एम्बुलेन्स व्यवस्था गर्ने प्रतिबद्धता जाहेर गरे ।

    258584373_404860931367015_6315785392332910243_n.jpg

    गा•पा•मा गुणस्तरीय शिक्षा र आधारभूत स्वास्थ्य उपलब्ध गराउन आफू दत्तचित्त रहेको उनको अभिमत थियो । पूर्वाधार विकासमा आफ्नो गा•पा• अरूभन्दा अगाडि रहेको पनि उनको दाबी थियो । त्यसरी नै दानवीर दाता नेत्रबहादुर क्षेत्रीले प्रसूति सेवा सहजीकरणका निम्ति तीन लाख रूपैयाँ अक्षयकोषका रूपमा चौकीलाई अर्पण गर्न पाएकोमा आफूलाई गौरव अनुभूति भएको बताए ।

    जग्गादाताहरूको प्रतिनिधित्व गर्दै यज्ञप्रसाद चौलागाईंले जनसेवाको पूर्वाधार निर्माणमा जग्गा दान गर्न पाउँदा अत्यन्त हर्षित भएको अनुभव सुनाउँदै आवश्यक परे थप जग्गा उपलब्ध गराउनसमेत राजी भएको अवगत गराए । गा•पा• स्वास्थ्य संयोजक सुवेश साहलगायत अन्य वक्ताहरूले मन्तव्य राखेको सो कार्यक्रमको सहजीकरण सुकलाल तामाङले र अध्यक्षता वार्ड नं•-६ का वडाध्यक्ष चित्रबहादुर तामाङले गरेका थिए ।

    प्रकाशित मिति :मंसिर २ २०७८ बिहिवार - १५:४८:४४ बजे
    प्रतिक्रिया

    माधव घिमिरे 'अटल'

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij