Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

संसद विघटनविरुद्ध राप्रपाले पुस १७ गते विरोध प्रदर्शन गर्दै

संसद विघटनविरुद्ध राप्रपाले पुस १७ गते विरोध प्रदर्शन गर्दै


  • 5.8K
    Shares

    • images
    संसद विघटनविरुद्ध राप्रपाले  पुस १७ गते  विरोध  प्रदर्शन गर्दै
    images

    काठमाडौं । प्रतिनिधिसभा विघटनको विरुद्धमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पुस १७ गते काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि देश अत्यन्त गम्भीर संवैधानिक तथा राजनीतिक संकटमा फसेको भन्दै विरोध प्रदर्शन गर्न लागेको राप्रपाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    राप्रपाले अंगिकार गरेका एजेन्डाहरूलाई सुन्न समेत नचाहने तप्कामा समेत पार्टीका एजेन्डाहरूको विषयमा बहस सुरू हुनु सुख रहेको राप्रपा नेता मोहन श्रेष्ठ बताउँछन् ।

    आन्दोलन जनपरिचालन समितिका संयोजक राप्रपा वरिष्ठ नेता बुद्धिमान तामाङले कार्यकर्ता मात्रै होइन परिवर्तनका पक्षमा रहेका जनतालाई समेत कार्यक्रममा आउन आग्रह गरेका छन् ।

     

    प्रकाशित मिति :पौष १४ २०७७ मंगलवार - १६:३६:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij