Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

होन्डाको नयाँ 'स्पोर्टी' स्कुटर सार्वजनिक, के-के छन् विशेषता?

होन्डाको नयाँ 'स्पोर्टी' स्कुटर सार्वजनिक, के-के छन् विशेषता?


  • 5.7K
    Shares

    • images
    होन्डाको नयाँ 'स्पोर्टी' स्कुटर सार्वजनिक, के-के छन् विशेषता?
    images

    होन्डाले भारतीय बजारको लागि नयाँ स्कुटर सार्वजनिक गरेको छ। कम्पनीले सोमबार ग्राजिया १२५ रेप्सोल होन्डा टिम एडिसन सार्वजनिक गरेको हो। 

    १२५ सिसी क्षमता भएको नयाँ ग्राजिया स्पोर्टी एडिसनको बाहिरी लुक्स भाइब्रेन्ट सुन्तले, रातो, सेतो र कालो रंगको मिश्रित छ। स्कुटरको साइड र अगाडि भागमा रेप्सोलको ब्याजिङ देख्न सकिन्छ। 

    ‘स्पोर्टी इन्जिन, स्पोर्टियर लुक्स र ट्रेडमार्क सुन्तले, रातो र सेतो रंगको स्मार्ट ग्राफिक्सले गर्दा रेसिङ उत्साहीहरूमाझ यो स्कुटर राम्रो प्याकेज बनेको छ,'कम्पनीको सेल्स एन्ड मार्केटिङका निर्देशक यादविन्दर सिंह गुलेरियाले स्कुटर सार्वजनिक कार्यक्रममा गर्दै भने।

    कम्पनीले यो विशेष एडिसनको स्कुटरको विशेषतामा पनि सुधार गरेको छ। स्कुटरमा पुरै एलइडी हेडल्याम्प, स्प्लिट एलइडी पोजिसन ल्याम्प, इन्टिग्रेटेड पासिङ स्विच, विशेष किसिमले तयार पारिएको इन्स्ट्रुमेन्ट डिस्प्लेलगायत विशेषाताहरू छन्। त्यस्तै साइड स्ट्यान्ड राखेर स्कुटर चलाउन मिल्दैन। साइड स्ट्यान्ड लगाउने बित्तिकै स्कुटर आफै बन्द हुन्छ। 

    स्कुटरको अगाडि भागमा टेलिस्कोपिक फोर्क र पछाडि भागमा ट्रिपल स्टेप एड्जस्टेबल रिअर सस्पेन्सन छ। अगाडि डिस्क र पछाडि ड्रम ब्रेक प्रविधि छ। एफआई प्रविधि भएको नयाँ ग्राजिया १२५ रेप्सोल होन्डा टिम एडिसनमा जडित इन्जिनले ६,००० आरपिएममा ८.२५ पिएस पावर र ५,००० आरपिएममा १०.३ एनएम टर्क जेनेरेट गर्छ। 

    कम्पनीले यो नयाँ ग्राजियाको मूल्य जम्मा भारु ८७ हजार १ सय ३८ रुपैयाँ तोकेको छ।

    प्रकाशित मिति :कार्तिक ३० २०७८ मंगलवार - १२:४५:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij