२०८२ भाद्र ११ गते बुधवार
सुर्खेतमा लागुऔषधसहित दुई जना महिला पक्राउ परेका छन् । वीरेन्द्रनगर–८ इत्राम खोला नजिकैबाट सासू-बुहारीलाई प्रहरीले ब्राउनसुगर जस्तो देखिने लागुऔषधसहित पक्राउ गरेको हो।
प्रहरीले उनीहरुको साथबाट करिव १४ ग्राम ९७० मिलिग्राम लागुऔषध र २१ हजार ५०० रुपैयाँ नगदसहित उनीहरूलाई सोमबार राति १० बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
पक्राउ पर्नेहरुमा सोही नगरपालिका-८ बस्ने २४ वर्षीया शान्ति सिंह र उनकै सासू ५० वर्षीया कौशिला सिंह रहेका छन्।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरुको घरबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको र यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij