२०८२ भाद्र ११ गते बुधवार
सन् २०१०,जुनमा सार्क सदस्य राष्ट्रहरुको मन्त्रीस्तरीय बैठकले सार्कको एपेक्स वडीको रुपमा साउथ एशियन ईनिसियटिभ टु ईन्ड भ्वाईलेन्स अगेन्सट् चिल्ड्रेन अर्थात “साईबाक”को स्थापना गर्ने निर्णय गरेको थियो ।
दक्षिण एशियामा बालबालिका माथि हुने हिंसा अन्यका लागि सरकारी र नागरिक समाजको सहभागिता सुनिश्चित गर्नु साईबाकको उद्देश्य हो । त्यसैगरी प्रत्येक दक्षिण एशिया राष्ट्रहरुका सरकारी सँगै सम्वन्धित मन्त्रालय राष्ट्रिय संयोजक रहने र नागरिक समाजको सुनिश्चितता सँगसँगै साईबाकसँग काम गर्न प्रत्येक दक्षिण एशिया राष्ट्रहरुमा बाल हिंसा विरुद्ध क्रियाशिल राष्ट्रिय कार्य समन्वय समूह अर्थात एन.ए.सि.जि. गठन भयो ।
नेपालमा सन् २०१२ जनवरी ६मा स्थापना भएको एन.ए.सि.जि. नेपालको हिजो चौंथो वार्षिक साधारण सभा तथा अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ । यस क्रममा उक्त अधिवेशनले आगामी २ वर्षको लागि अध्यक्षमा एटवीन् की बेनुमाया गुरुङ र सह–अध्यक्षमा कन्सोर्टियम नेपालका किरण थापालाई चयन गरेको छ । साथै उक्त अधिवेशनले पाँच सदस्यीय सल्लाहकार समिति गठन गर्दै उक्त समितिको संयोजकको रुपमा बालअधिकार अभियन्ता कृष्ण सुवेदीलाई चयन गरेको छ ।
उक्त सभाले बाल अधिकारसँग सम्बन्धित आठ वटा संजालहरुलाई सदस्यता समेत प्रदान गरेको छ । हाल एन.ए.सि.जि. नेपालमा सत्र वटा सदस्य संजालहरु रहेका छन् ।उक्त कार्यक्रममा बोल्दै एन.ए.सि.जि. नेपालका निवर्तमान अध्यक्ष कृष्ण चन्द्र आचार्यले नयाँ अध्यक्ष तथा सह–अध्यक्षलाई बधाईका साथै विगत झैं आउने दिनमा पनि एन।ए।सि।जि नेपाललाई साथ दिने प्रतिबद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा बाल अधिकारसँग सम्बन्धित संजालका प्रतिनिधिहरु तथा बाल अधिकार अभियन्ताहरुको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij