Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

सवारी दुर्घटना हुदाँ तीन जनाको मृत्यु

सवारी दुर्घटना हुदाँ तीन जनाको मृत्यु


  • 5.9K
    Shares

    • images
    सवारी दुर्घटना हुदाँ तीन जनाको मृत्यु
    images

    प्रदेश १ मा सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ।  मोरङको पथरीशनिश्चरे नगरपालिका–२ हरियाली सामुदायिक वन क्षेत्रमा सोमवार दिउँसो भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको हो ।  पूर्वबाट पश्चिमतर्फ आउदै गरेको को १ च ९९४५ नम्बरको  स्कारपियोले बिपरित दिशा तर्फ जाँदै गरेको नम्बर नखुलेको मोटर साइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो।  मृत्यु हुनेमा मोटरसाईकलमा सवार मिक्लाजुङ गाउँपालिका–४ का ३५ बर्षीय सन्तोष लिम्बु र २६ बर्षीय सुनिल धमलाको मृत्यु भएको हो । 

    त्यस्तै झापाको शिवसताक्षी नगरपालिका–१० मा भएको दुर्घटनामा पिकअप भ्यानका चालकको मृत्यु भएको छ। आज राती १ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ग १ ख ६४३७ नम्बरको ट्रकले शौचालय गएर फर्कंदै गरेका २ च १५८२ का चालक, केराबारी गाऊँपालिका– ८ मोरङका ४६ बर्षीय भोजराज आचार्यलाई  ठक्कर दिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।    

    प्रकाशित मिति :पौष १४ २०७७ मंगलवार - १४:३३:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij