२०८२ भाद्र ११ गते बुधवार
श्रीमतीको हत्या गरेको आरोपमा नुवाकोट ओखरपौवा–१ घर भई बारा निजगढ नगरपालिका–२ बस्ने ५३ वर्षीय जीवन नेपालीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।
काभ्रेपलान्चोक बेथानचोक गाउँपालिका–१ हात्तीडुंगास्थित खोलाको छेउमा जीवनकी श्रीमती ४३ वर्षीया सिता नेपालीको शव पुष ९ गते फेला परेको थियो। अनुसन्धानको क्रममा जीवन र सीता पनौती बेथानचोक एरियामा घर बनाउने मिस्त्रीको काम गर्ने गरेको थियो। उनीहरुबीच आर्थिक कारोबार सम्बन्धमा बादबिवाद हुने गरेको थियो।
जीवन गत मंसिर २३ गते काभ्रेपलाञ्चोक पनौतीबाट बेथानचोक खानीखोला हुँदै निजगढ बारा जाने भनि श्रीमतीसँगै हिँडेका थिए। बेथानचोक गाउँपालिका–१ हात्तीडुंगास्थित खोलाको छेउमा रातको समयमा सितालाई जिवनले हात र लात्तीले प्रहार गरी हत्या गरेर फरार रहेको अनुसन्धानका क्रममा खुल्न आएको प्रहरीले जनाएको छ।
घटना पश्चात सम्पर्कमा नरही फरार रहेका जीवनलाई मकवानपुर हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट स्थानीय प्रहरीको सहयोगमा पक्राउ गरीएको थियो। उनलाई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ७ दिन म्याद थप भई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij