Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

हराएकी तीन वर्षीया बालिका सात दिनपछि भेटिइन्

हराएकी तीन वर्षीया बालिका सात दिनपछि भेटिइन्


  • 6.3K
    Shares

    • images
    हराएकी तीन वर्षीया बालिका सात दिनपछि भेटिइन्
    images

    तनहुँ ।  पुस ६ गतेदेखि हराइरहेकी तनहुँकी  तीन वर्षीय बालिका सात दिनपछि आज फेला परेकी छन् । बुबा साउदी अरबमा  रहेको अवस्थामा आमा सोनी थापा अर्कै पुरुषसँग गएपछि हराइरहेकी ती बालिका प्रहरीको सक्रियतमा फेला परेकी हुन् । 

    जिल्लाको व्यास नगरपालिका–१ भादगाउँ निवासी सोनी श्रीमान विदेश भएको मौका छोपी अर्को पुरुषसँग गएपछि तीन वर्षीय बालिका कीर्तिका हराएकी थिइन् । मङ्सिर २८ गतेदेखि सोनी थापा हराएपछि देवर जीवन थापाले भाउजू हराएकाले खोजी गरी पाउँ भनि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । 

    सोनी थापा हराएको आठ दिनपछि पुनः तीन वर्षीय छोरी एकाएक हराएपछि घरपरिवारमा खैलाबैला भएको थियो । सोनी थापा परपुरुषसँग गएको भन्ने जानकारी पाए पनि बालिकाको अवस्था थाहा पाउन नसकिएकाले बालिकालाई कसले लग्यो भनेर खोजी कार्यलाई तीव्रता दिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । लामो प्रयासपछि बालिका फेला पारी काका जीवनलगायतका आफन्तजनलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । 

    प्रकाशित मिति :पौष १४ २०७७ मंगलवार - १३:०५:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij