Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

जीपको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

जीपको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु


  • 5.6K
    Shares

    • images
    जीपको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु
    images

    विराटनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका-२ स्थित हरियाली सामुदायिक वन अगाडि जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।

    प्रहरीका अनुसार पश्चिमतर्फ आउँदै गरेको को १ च ९९४५ नम्बरको स्कारपियोले विपरीत दिशातर्फ जाँदै गरेको मे ११ प ८२८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको छ । 

    दुर्घटनामा परेर मोटरसाइकल चालक मोरङको मिक्लाजुङ गाउँपालिका–४ का ३५ वर्षीय सन्तोष लिम्बू र पछाडि सवार २२ वर्षीय सुनिल विकको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले जानकारी दिए । 

    उनका अनुसार दुर्घटनामा परेर चालक लिम्बूको घटनास्थलमै ज्यान गएको हो । गम्भीर घाइते भएका विकको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा साँझ ५ बजेतिर मृत्यु भएको एसपी शर्माले बताए ।  

    दुर्घटनामा परेर मोटरसाइकलमा आगलागी भएको छ । दुर्घटना लगत्तै सडकमा बजारिएको मोटरसाइकलको ट्यांकी लिक गएर पेट्रोल बाहिर निस्किएपछि आगलागी सुरु भएको प्रहरीले जनाएको छ । 

    तत्काल निभाउन नसक्दा आगोले जलेर मोटरसाइकलमा पूर्ण रुपमा क्षति पुगेको एसपी शर्माले बताए । दुर्घटनापछि स्कारपियो र चालक झापा दमक–२ का ३७ वर्षीय लक्ष्मीकुमार धिमाललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :पौष १४ २०७७ मंगलवार - १२:५८:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij