२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ । शिक्षक सेवा आयोगले वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोगलाई व्यावस्थित गर्नका लागि लामो समयको अभ्यास पछि कार्यतालिका सार्वजनिक गरेको हो ।
कार्यतालिका अनुसार १७ हजार २ सय २३ शिक्षकको नयाँ पदपूर्तिको खुला विज्ञापन मंसिरमा गर्ने र सामान्य परीक्षा फागुन र विषयगत परीक्षा जेठमा गर्ने रहेको छ ।
कार्यतालिकामा प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहको द्वितीय र प्रथम श्रेणीमा बढुवाका लागि पदपूर्तिको खुला विज्ञापन मंसिरमा गर्ने उल्लेख छ।
त्यसैगरी बाँकी रहेका केहि पाठ्यक्रम बनाउने प्रक्रियामा रहेको पाठ्यक्रम छिट्टै आयोगको साइटमा राख्ने तयारी गरेको छ ।
यस्तो छ कार्यतालिका
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij