Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सिमकोटको परीक्षार्थी टिकट नपाएर अलपत्र

सिमकोटको परीक्षार्थी टिकट नपाएर अलपत्र


  • 4.5K
    Shares

    सिमकोटको परीक्षार्थी टिकट नपाएर अलपत्र

    सिमकोट ।  राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्ला जिल्लाबाट अन्तर जिल्ला जोड्ने एकमात्रै हवाई जहाजको टिकट नपाउँदा मङ्सिरमा हुने परीक्षा दिन जाने विद्यार्थी सिमकोटमै अलपत्रमा परेका छन् ।  दसैँ र तिहार मनाउन घर आएका विद्यार्थी हवाई जहाजको टिकट नपाउँदा परीक्षा दिनका लागि जान नपाउँदा विमानस्थलमै रोकिएका छन्  । 

    उनीहरूमध्ये केहीले जहाज टिकटकै कारण आफ्नो पढाइ छुटेको गुनासो गरेका छन् । दैनिक दिन बिहान ४ देखि विमानस्थलमा रहेका निजी एयरलाइन्सहरूको कार्यालयमा धाउँदा टिकट नपाएको गुनासो आउने गरेको छ । दुई सातादेखि जहाज टिकट नपाएपछि मङ्सिर १ गते हुने परीक्षा छुट्ने खार्पुनाथ–१ का विष्णु रावलले  गुनासो गरे। आफ्नो  हातमा जिल्ला प्रशासन कार्यालयको सिफारिस र क्याम्पसको परीक्षा तालिका भएर पनि टिकट नपाएको उनको भनाइ थियोे । 

    निजी एयरलाइन्सका हवाईजहाजले आफूखुशी टिकट वितरण गरेका कारण पहुँच नभएका सर्वसाधारण, बिरामी तथा विद्यार्थी छटपटाइरहेका छन् । झण्डै एक हप्ता बढीदेखि सीता एयरलाइन्सको बिमान नेपालगञ्जमा बिग्रिएका कारण उडान भर्न सकेको छैन भने समिट र तारा एयरलाइन्सले फोन, पावर र पहुँचका भरमा आफूखुशी टिकट वितरण गरिरहेका छन् ।

    यस विषयमा जिल्लाका जनप्रतिनिधि र सरोकार निकाय, नागरिक समाज मौन छन् । दुई सातादेखि विमानस्थलमा जिल्ला बाहिर जाने यात्रुको घुइँचो लागेकोे लागेको उनीहरु सबै टिकट नपाएर रित्तो हात फिर्ता हुन बाध्य छन् । आज विहान जहाजको टिकट नपाएर हुम्लाको सिमकोट विमानस्थलमा सयौँ यात्रु अलपत्र परेको विषयको रिपोर्टिङमा गएका पत्रकारलाई विमास्थलका सुरक्षागार्डले दुव्र्यवहार गरेका थिए ।

    प्रकाशित मिति :कार्तिक २८ २०७८ आइतवार - १२:२२:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij