२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं। आज स्वर्गीय राजा वीरेन्द्र वीरविक्रम शाहको ७६ औं जन्मजयन्ती । उनका भाइ तथा पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहले स्वर्गीय राजा वीरेन्द्रको ट्वीटरमा तस्विर राख्दै जन्मजयन्तीको अवसरमा सम्झना गरेका छन् र, श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
राजा वीरेन्द्र वि.स. २००२ पुस १४ गते पिता महेन्द्र वीरविक्रम शाह र माता इन्द्रराज्यलक्ष्मी देवी शाहको ज्येष्ठ सुपुत्रको रूपमा जन्मिएका थिए ।
उनी २०२८ माघ २७ गतेदेखि २०५८ जेठ १९ गतेसम्म राजा भएका थिए । उनी र उनका परिवारका सबै सदस्यको नारायणहिटी राजदरबारमा २०५८ जेठ १९ गते सामुहिक हत्या भएको थियो ।
जुन हत्याकाण्डलाई ‘दरबार हत्याकाण्ड’ भनेर चिनिन्छ। हत्या भएको दुई दशक हुन लाग्दा पनि दरबार हत्याकाण्ड रहस्यको गर्भमै छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij