Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

तिहार पछि बढ्यो सुनको मूल्यः प्रतितोला रु कतिले बृद्धि भयो हेर्नुहोस् ।

तिहार पछि बढ्यो सुनको मूल्यः प्रतितोला रु कतिले बृद्धि भयो हेर्नुहोस् ।


  • 5.6K
    Shares

    तिहार पछि बढ्यो सुनको मूल्यः प्रतितोला रु कतिले बृद्धि भयो हेर्नुहोस् ।

    काठमाडौँ । तिहारपछिको पहिलो कारोबारका दिन आज नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मुल्य प्रतितोला रु एक हजार ५०० ले उकालो लागेर ९२ हजार ५०० कायम भएको छ । पहेँलो धातु गत बिहीबार प्रतितोला रु ९१ हजारमा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार रहने छ जसको मूल्य बिहीबार प्रतितोला रु ९० हजार ५०० तोकिएको थियो ।  त्यस्तै आज चाँदीको मूल्य बिहीबारका तुलनामा रु २५ले उकालो लागेर एक हजार २५० कायम भएको छ ।

    चाँदी बिहीबार प्रतितोला रु एक हजार २२५मा कारोबार भएको थियो ।  महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८१९ दशमलव ७३ डलरमा कारोबार भइरहेको छ ।  

    प्रकाशित मिति :कार्तिक २२ २०७८ सोमवार - ११:५१:४४ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij