Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

श्रेष्ठलाई पत्रकार महासङ्घका संस्थापक अध्यक्ष घोषणा गर्न माग

श्रेष्ठलाई पत्रकार महासङ्घका संस्थापक अध्यक्ष घोषणा गर्न माग


  • 7.3K
    Shares

    • images
    श्रेष्ठलाई पत्रकार महासङ्घका संस्थापक अध्यक्ष घोषणा गर्न माग
    images

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रविधिको विकाससँगै नेपाली पत्रकारिता क्षेत्रलाई आधुनिकतासँग जोड्नुपर्ने बताउनुभएको छ ।  

    नेपाल पत्रकार महासङ्घ(तत्कालीन सङ्घ)का संस्थापक सत्यनारायणबहादुर श्रेष्ठको १०५औँ स्मृतिका अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूद्वारा यहाँ आज आयोजित कार्यक्रममा मन्त्री गुरुङले नेपाली पत्रकारिता क्षेत्रलाई आजको युगसुहाउँदो बनाउनुपर्ने बताउनुभयो । 
     
     मन्त्री गुरुङले २००८ सालमै महासङ्घको स्थापना गरेर  श्रेष्ठले नेपालको प्रजातान्त्रिक आन्दोलन र पत्रकारिता क्षेत्रको विकासमा पुु¥याउनुभएको योगदान उल्लेखनीय रहेको बताउनुभयो ।   सरकारका प्रवक्ता गुरुङले महासङ्घलगायत सरोकार निकायसँग छलफल गरेर महासङ्घका संस्थापक अध्यक्षबारे आवश्यक निर्णय लिइने जवाफ दिनुभयोे ।  

    पत्रकार राष्ट्रिय दबूूका अध्यक्ष सुरवीर बज्राचार्यले श्रेष्ठलाई नै महासङ्घको संस्थापक अध्यक्ष घोषणा गर्न मन्त्री गुरुङको ध्यानाकर्षण गराउनुभएको थियो । उपाध्यक्ष दिलीप थापा मगरले  श्रेष्ठ महासङ्घका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो भन्ने प्रमाण आफ्नो संस्थाले नै खोज्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

    प्रकाशित मिति :पौष १३ २०७७ सोमवार - १६:४७:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij