Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

पत्नीको उपचार गर्न प्रचण्डको भारत जाने तयारी

पत्नीको उपचार गर्न प्रचण्डको भारत जाने तयारी


  • 7.3K
    Shares

    • images
    पत्नीको उपचार गर्न प्रचण्डको भारत जाने  तयारी
    images

    काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत जाने तयारीमा रहेका छन् । अध्यक्ष दाहालले पत्नी सीता दाहाललाई स्वास्थ्य उपचारका लागि भारत लैजान लागेका हुन् ।

    खुमलटार स्रोतका अनुसार लामो समयदेखि बिरामी रहेकी सीतालाई यसै साता भारतमा उपचारका लागि लैजाने तयारी गरिएको छ ।

    भारतमा कहाँ उपचार गराउने भनेर त्यहाँ स्थित चिकित्सक र अस्पतालसँग परामर्श भइराखेको प्रचण्डको सचिवालयले जनाएको छ । नेपालमा सीता दाहालको उपचारमा संलग्न चिकित्सकहरुले पनि उनलाई उपचारका लागि भारत जान सुझाव दिएको सचिवालयले जनाएको छ ।

    प्रचण्ड पत्नी सीता लामो समयदेखि बिरामी छिन् । उनमा स्मरण शक्ति क्षीण हुँदै जाने, रिङ्गटा लाग्ने र हिँड्दा हिँड्दै लड्ने जस्ता समस्या देखिने गरेको छ ।

    यसअघि दाहालको उपचार अमेरिकाको जोन्स हप्किन्स आउटपेशन्ट सेन्टरमा र सिंगापुरमा समेत उपचार गरिएको थियो । पत्नीको उपचारको लागि अध्यक्ष दाहालले धेरै मेहनत गर्दै आएका छन् ।

    प्रकाशित मिति :पौष १३ २०७७ सोमवार - १५:५८:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij