Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

राइडरहरुले गरे पठाओ कार्यालयमा तोडफोड

राइडरहरुले गरे पठाओ कार्यालयमा तोडफोड


  • 6.3K
    Shares

    • images
    राइडरहरुले गरे पठाओ कार्यालयमा तोडफोड
    images

    काठमाडौं । आफ्ना माग सम्बोधन नभएको भन्दै असन्तुष्ट राइडरहरुले सोमबार पठाओको कार्यालयमा तोडफोड गरेका छन् ।

    कम्पनी र आन्दोलनरत राइडर समूहबीच पछिल्लो सातायता वार्ता र छलफल भइरहेका बेला आज एक्कासी एक समूह तोडफोडमा उत्रिएको हो ।

    हालै कम्पनीले राइडरका लागि उपचार र दुर्घटना बीमा सुविधा ल्याएर विवाद समाधान गर्न खोजेको थियो । तर असन्तुष्ट राइडरहरुले कम्पनीले आफूहरुमार्फत लिने कमिसन घटाउन दबाब दिइरहेका छन् ।

    हाल कम्पनीले यात्रुले तिर्ने भाडाबाट २० प्रतिशत कमिसन राख्ने गरेको छ । ती राइडरहरुले राइड शेयरिङ्ग बापत कमाइको कमिसन अधिकतम ८ प्रतिशतमा झार्नुपर्ने माग राखेका छन् ।

    उनीहरुले पुस ६ गते राखेको ११ बुँदे मागमध्ये सबै माग पुरा गर्न नसकिने कम्पनीले बताएपछि असन्तुष्ट राइडरहरुको एक समूहले मध्येबानेश्वरस्थित पठाओको कार्यालयमा तोडफोड गरेको बताइएको छ ।

    तोडफोडबाट कार्यालय भवनको झ्यालको सिसा फुटेको बानेश्वर प्रहरीका प्रहरी नायब उपरीक्षक दक्षबहादुर बस्नेतले बताए । 

    प्रकाशित मिति :पौष १३ २०७७ सोमवार - १४:२८:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij