२०८२ भाद्र १० गते मंगलवार
धनगढी । बझाङ विमानस्थलबाट १ किलो ७ सय ५ ग्राम अवैध यार्सागुम्बासहित हुम्लाका एक युवक पक्राउ परेका छन् । सोमबार बझाङबाट नेपालगन्जको लागि उडान हुने समिट एयरको जहाजमा सवार हुने यात्रुलाई चेकजाँच गर्ने क्रममा विमानस्थल सुरक्षागार्ड देवलमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा हुम्ला नाम्खा गाउँपालिका २ का ४३ वर्षीय छिटुप तामाङ रहेका छन् । प्रहरीले उनको साथमा रहेको झोलाबाट अवैध यार्सागुम्बा बरामद गरेको छ । पक्राउ परेका तामाङलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी डिभिजन वन कार्यालयले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमल प्रसाद चौधरीले जानकारी दिएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij