२०८२ भाद्र ९ गते सोमवार
चीनको नंबर १ प्यासेन्जर ब्रान्ड, चांगन अटोले आफ्ना विभिन्न प्रिमियम गाडीहरू नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ ।
कम्पनीले सन् २०२२ मा ५ वटा उत्कृष्ट गाडीहरु सार्वजनिक गर्ने बताएको छ । चांगन अटोले आफ्नो प्रीमियम सेडान, "एल्सभीन" को आगमन संगै आफ्नो यात्रा नेपालमा सुरु गर्नेछ। यस गाडीमा प्रयोगकर्ताहरुले लक्जरी, आराम, र कार्यक्षमताको मिश्रणको अनुभव हुने कम्पनीको दावी छ ।
१.४ लि. ब्लू कोर इन्जिन द्वारा संचालित, एल्स्भिन ७-इन्च फ्लोटिंग इन्फोटेनमेन्ट टच स्क्रीन प्रणालीसंग आउँछ। एल्सभीनपछि, एक प्रीमियम लाइफस्टाइल पिक अप , "हंटर", नेपाली सडकमा सार्वजनिक गरिनेछ । हन्टरमा उच्च शक्ति र प्रदर्शनको साथसाथै बाहिरी र भित्री आकर्षक डिजाइनहरू पाउन सकिन्छ।
हन्टरमा २३० एम.एमको ल्यादेन ग्राउन्ड क्लियरेन्स हुनेछ जसले गर्दा यसलाई पूर्ण अफ-रोडर बनाउँछ। एल्स्भिन र हन्टर २०२१ मा नेपाली सडकमा आउनेछन् ।
२०२२ वर्षको सुरुवात लक्जरी ऐसयुवि , "ओशान एक्स ७" को लन्चसंग हुनेछ। ओशान एक्स ७ सुविधाहरू र विलासिताको मिश्रण हुनेछ। यसपछि मध्यम आकारको स्टाइलिश एस.यू.भी, “सीऐस ३५ प्लस ” लन्च गरिनेछ। सीएस ३५ प्लसले गुणस्तर डिजाइन संगै आरामदायक ड्राइभिंग अनुभव पनि प्रदान गर्दछ।
२०२२, एक उच्च एस्. यु. भी "युनि-टि" को आगमनसंग समाप्त हुनेछ । यस गाडीमा प्रयोगकर्ताहरूलाई भविष्यको डिजाइनका साथ, अद्भुत अनुभूति दिनका लागि आवश्यक पर्ने कुराहरू छन्। युनि-टि उत्कृष्ट ड्राइभिङ सहायता प्रदान गर्ने लेभल ३ स्वायत्त ड्राइभिङ सुविधासँग आउनेछ। यदि कसैले रमणीय डिजाइन, उच्च-अन्तको टेक्नोलोजी, र आरामदायी ड्राइभिङ खोज्दै हुनुहुन्छ भने, युनि-टि सबैभन्दा राम्रो विकल्प हुन सक्ने कम्पनीले बताएको छ ।
२०२२ सालको अन्त्यसम्म, चांगन अटोले ५ विभिन्न प्रिमियम सेग्मेन्ट्सका गाडीहरु नेपालमा उपलब्ध गराउने उल्लेख गरेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij