२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट शनिबार प्रहरीले २ जनालाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको नयाँ पार्किङ एरियाबाट करिब १ सय ग्राम सुन जस्तो देखिने पहेलो धातुको २ थान बाला र नगद ८ लाख ७७ हजार रुपैयाँ सहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा टोखा बस्ने नुवाकोट घर भएका ४० वर्षीय प्रल्हाद थापा र कीर्तिपुर बस्ने धादिङ घर भएका ४२ वर्षीय अर्जुन प्रसाद थपलिया रहेका छन् । उक्त स्थानमा जाँच गर्ने क्रममा भन्सार छलि ल्याउन लागेको उक्त धातु समेत फेला पारी उनीहरुलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij