२०८२ भाद्र ९ गते सोमवार
सुन्दर ट्रेडर्स प्रालिले नेपालमा विद्युतीय स्कुटर भित्र्याएको छ। कम्पनीले भारतीय विद्युतीय स्कुटर नेपाल भित्र्याएको हो। सुन्दर ट्रेडर्सले १ लाख ८७ हजारदेखि २ लाख ३५ हजारसम्मका विद्युतीय स्कुटर नेपाल भित्र्याएको छ।
पाँचवटा मोडल भित्र्याएको कम्पनीले सेनिया २.० को मूल्य २ लाख ३५ हजार, सेनियाको मूल्य २ लाख २४ हजार, अहामाको मूल्य १ लाख ९१ हजार, एट्रिओ १ लाख ९६ हजार, विन्ड १ लाख ८७ हजार रुपैयाँ तोकेको छ।
स्कुटरहरुमा २५० वाटको मोटर, ६० देखि ७० भोल्टसम्मका लिथियम आयन ब्याट्री, एकपटकको चार्जमा ७५ देखि ८५ किमिसम्म गुड्छन्।
स्कुटर चार्जगर्न ४ देखी ५ घण्टा लाग्ने कम्पनीले उल्लेख गरेको छ। ईईभीई इन्डियाले सहरी यातायात, कलेज जाने विद्यार्थीको लागि बढी उपयुक्त रहेको जनाएको छ। सुन्दर ट्रेडर्सले नेपालमा कात्तिक ११ गते लञ्च गर्ने तयारी गरेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij