Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

गैरआवासीय नेपालीले कोरोनाविरुद्ध लगाए खोप

गैरआवासीय नेपालीले कोरोनाविरुद्ध लगाए खोप


  • 7.4K
    Shares

    • images
    गैरआवासीय नेपालीले कोरोनाविरुद्ध लगाए खोप
    images

    काठमाडौँ । गैरआवासीय नेपालीले कोरोनाविरुद्ध निर्माण गरिएको खोप लगाउन थालेका छन् । पहिलो चरणमा अग्रपङ्क्तिमा काम गर्ने नेपालीले खोप लगाउन थालेका गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले जनाएको छ ।

    बेलायत, कतार, क्यानाडा, साउदी अरब, बहराइनमा रहेका गैरआवासीय नेपालीले कोरोनाविरुद्धको खोप लगाउन थालेका सङ्घले जनाएको छ । विश्वका विभिन्न मुलुकले कोरोनाविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई आपत्कालीन अवस्थामा खोप दिन थालिसकेका छन् । 

    ९४.५% नेपाली कोरोनामुक्त

    विदेशमा कोरोना सङ्क्रमणमा परेका नेपालीमध्ये ९४.५% कोरोनामुक्त भएका छन् । सङ्घका अनुसार शनिबार साँझसम्म विदेशमा ५२ हजार ८७२ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ४९ हजार ८९२ जना कोरोनामुक्त भएको सङ्घअन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ । 

    समितिका अनुसार गत साता नाइजेरिया, इजिप्स, साउदी अबर, कुवेतमा रहेका नेपालीमा सङ्क्रमण पाइएको छ । हालसम्म विभिन्न २१ देशमा ३१२ नेपालीको कोरोना सङ्क्रमणका कारण ज्यान गएको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिनुभयो । रासस

    प्रकाशित मिति :पौष १२ २०७७ आइतवार - १३:५६:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij