२०८२ भाद्र १० गते मंगलवार
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा उपचाररत थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं ६, निवासी ८२ वर्षीया महिलाको मृत्यु भएको हो ।
उनको आइतबार बिहान ८ः४२ बजे बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।
अधिकृत कँडेलका अनुसार ज्वरो र सास फेर्नमा कठिनाई भएपछि ती महिलालाई पुस १० गते राति प्रदेश अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।
उनको सोही दिन नै प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतबाट जिन एक्सपर्ट विधिबाट परीक्षण गर्दा कोरोना भाइरस (कोभिड-१९ं) संक्रमण पुष्टि भएको थियो । त्यसलगत्तै उनलाई प्रदेश अस्पतालको कोभिड उपचार कक्षमा भर्ना गरिएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij