Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

सुनको मूल्य वृद्धि, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य वृद्धि, कतिमा भइरहेको छ कारोबार ?


  • 5.4K
    Shares

    • images
    सुनको मूल्य वृद्धि, कतिमा भइरहेको छ कारोबार ?
    images

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु एक सयले बढेर ९१ हजार ४०० कायम भएको छ । छापावाल सुन सोमबार प्रतितोला रु ९१ हजार ३०० मा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला रु ९० हजार ९०० मा कारोबार हुनेछ जुन सोमबार प्रतितोला रु ९० हजार ८०० मा कारोबार भएको थियो ।

    महासङ्घका अनुसार आज चाँदीको मूल्य सोमबारको तुलनामा प्रतितोला रु १० ले बढेर एक हजार २३५ पुगेको छ । चाँदी सोमबार प्रतितोला रु एक हजार २२५ मा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी तथा रत्न आभुषण व्यवसायी महासंघका अध्यक्ष रमेश महर्जनको असामयिक निधनको शोकमा मङ्गलबार सुनचाँदी व्यवसायीले कारोबार बन्द गरेका थिए ।

    प्रकाशित मिति :कार्तिक ३ २०७८ बुधवार - १२:०६:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij