Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

बुटवलको कोरोना अस्पतालबाट भागे बिरामी

बुटवलको कोरोना अस्पतालबाट भागे बिरामी


  • 5.3K
    Shares

    • images
    बुटवलको कोरोना अस्पतालबाट भागे बिरामी
    images

    तिलोत्तमा । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालको आईसीयूमा भर्ना भएका एक जना बिरामी भागेका छन् ।

    पुस ८ गते कोरोना पोजेटिभ देखिएका बुटवल १३ का ५५ वर्षीय पुरुष आइतबार बिहान शौचालय गएर नफर्किएको अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले बताए ।

    ‘अक्सिजन नलगाइकन औषधि उपचार भइरहेको थियो,’ उनले भने, ‘बिरामीले घर जाने भनी शनिबार साँझदेखि नै भनिरहनु भएको थियो ।’ आइतबार परिवारका सदस्य बोलाइ सल्लाह गर्ने भनिएको भन्दै उनले बिहान ६ नबज्दै शौच गर्न गएका बिरामी भागेको बताए ।

    बिरामीले शनिबार साँझ आफूलाई अस्पतालबाट घर लैजान भनेको उनकी श्रीमतीले बताइन् । ‘शरीरदेखि धेरै रगत निकालेका छन् भन्नुभएको थियो,’ उनले भनिन्, ‘आईसीयूको बिरामी एक्लै बाहिरको शौचालय कसरी जान सक्छ ?’ आइतबार बिहान आफूले बिरामीसँग सम्पर्क गर्न खोज्दा बिरामीको मोबाइल बन्द रहेको उनले बताइन् ।

    प्रकाशित मिति :पौष १२ २०७७ आइतवार - ११:२०:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij