Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

घट्यो सुनको मूल्य, यस्तो छ आजको मूल्य

घट्यो सुनको मूल्य, यस्तो छ आजको मूल्य


  • 5.1K
    Shares

    • images
    घट्यो सुनको मूल्य, यस्तो छ आजको मूल्य
    images

    काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९० हजार ३०० रुपैयाँ कायम भएकोमा बुधबार चार सय रुपैयाँले घटेर ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    बुधबार छापावाल सुन प्रति १० ग्राम ७७ हजार ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ८९ हजार ४५० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी प्रति १० ग्राम ७६ हजार ६९० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

    बुधबार पनि चाँदीको मूल्य भने स्थिर छ । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार १६० रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम ९९४ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ ।

    प्रकाशित मिति :आश्विन २० २०७८ बुधवार - १२:०९:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij