२०८२ भाद्र ८ गते आइतवार
कवि केवल बिनाबीको बहुप्रतीक्षित कृति 'यादहरूको सङ्ग्रहालय' एक भव्य कार्यक्रम बीच राजधानीमा सार्वजनिकीकरण भएको छ। सो लोकार्पण कार्यक्रममा चर्चित गीतकार तथा कवि भूपाल राईले 'कवि केका विरुद्ध सङ्घर्ष गर्ने ? भन्नेबारे प्रस्ट हुन जरूरी भएको दाबी गर्दै अगाडि भने 'जसरी नदीको बहावको केन्द्रीकरणले कडाभन्दा कडा चट्टान खियाउन र प्वाल पार्नसक्छ त्यसरी नै तमाम विभेदविरूद्ध हामीले निसाना एकीकृत ढङ्गबाट दाग्न सक्यौँ भने हामी नै परिवर्तनका बाहक र नायक बन्न सक्छौँ ।' सो कार्यक्रमका उनले थपे - 'कवि भनेको काव्यको वैज्ञानिक हो जसले पददलित मान्छेको भाषामा कविता लेख्नुपर्छ ।'
नागरिक अभियन्ता तथा स्तम्भकार राजेन्द्र महर्जनले पुराना एकाध प्रतीकको सहारा लिएर नभई सारा महाराजहरू लगायत राज्यले गरेको उत्पीडनबारे खबरदारी गर्नुपर्ने राय प्रकट गरे ।
यादहरूको सङ्ग्रहालयले वर्तमान विसङ्गत राज्यको सटीक चिरफार गरेको जिकिर गरे। कवि तथा दलित अधिकारकर्मी धनकुमारी सुनारले कविताको सौन्दर्यशास्त्रबारे परिचर्चा गर्दै कृति नेपाली काव्यभण्डारको अनमोल सम्पत्ति हुने उनको दाबी थियो । कवि केवल बिनाबीले आफ्नो कविता लेखन सिलसिलामा प्रेरित गर्ने व्यक्तित्वबारे भनाइ राख्दै उपस्थित सर्जक र साहित्यानुरागीप्रति आभार व्यक्त गरे । कार्यक्रममा प्रेमिला राईले 'छोइडुम',मुक्तान थेबाले 'सामाजिक सद्भाव' र केशव सिलवालले 'यादहरूको सङ्ग्रहालय' शीर्षकीय कविता वाचन गरेका थिए । फिनिक्स बुक्सका गणेश सुवेदीले अतिथिलगायत निम्तारूहरूको स्वागत गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij