२०८२ भाद्र १० गते मंगलवार
बर्दिया । बर्दियामा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुईजनालाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बारबर्दिया नगरपालिका-२, लठहवा बस्ने २० वर्षीय युवराज थापा र १८ वर्षीय किशोर रहेका छन् ।
ती बालिकालाई बारबर्दिया नगरपालिका-१, जोधिपुरस्थित बाटोमा हिँडिरहेको अवस्थामा उनीहरूले बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेका हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij