Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

घट्यो सुनचाँदीकै मूल्य, कतिमा हुदैँछ कारोबार ?

घट्यो सुनचाँदीकै मूल्य, कतिमा हुदैँछ कारोबार ?


  • 10.0K
    Shares

    • images
    घट्यो सुनचाँदीकै मूल्य, कतिमा हुदैँछ कारोबार ?
    images

    काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा तीन सय रुपैयाँले र चाँदी तोलामा ५ रुपैयाँले घटेको हो । 

    महासंघका अनुसार आज घटेको मूल्य अनुसार सुन प्रतितोला ८९ हजार रुपैयाँ र चाँदी एक हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ । गत सोमबार बजारमा सुन प्रतितोला ८९ हजार तीन सय रुपैयाँ र चाँदी एक हजार १६० रुपैयाँमा कारोबार भएको थियो । 

    यता, तेजाबी सुनको मूल्य पनि गत सोमबारको मूल्यमा नै तीन सय रुपैयाँले गिरावट आउँदै ८८ हजार ५५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    प्रकाशित मिति :आश्विन १२ २०७८ मंगलवार - ११:१६:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij