Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

५०० रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

५०० रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?


  • 6.2K
    Shares

    • images
    ५०० रुपैयाँले घट्यो सुनको  मूल्य, चाँदीको कति ?
    images

    काठमाडौं । नेपालमा हिजोको तुलनामा आज सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला ९० हजार १०० रुपैयाँ पुगेको छापावाल सुनको मूल्य आज ८९ हजार ६०० रुपैयाँमा झरेको हो ।

    यस्तै, तेजाबी सुनको मूल्य पनि ५०० रुपैयाँले नै घटेको छ । आज यो गुणस्तरको सुन प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । 

    चाँदीको मूल्य पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ । हिजो प्रतितोला मूल्य ११६५ रुपैयाँ थियो । आज ११५५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    प्रकाशित मिति :आश्विन ७ २०७८ बिहिवार - ११:३२:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij