Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

एकैदिन नौ सयले बढ्यो सुनको मूल्य, कतिमा हुदैंछ कारोबार ?

एकैदिन नौ सयले बढ्यो सुनको मूल्य, कतिमा हुदैंछ कारोबार ?


  • 6.7K
    Shares

    • images
    एकैदिन नौ सयले बढ्यो सुनको मूल्य, कतिमा हुदैंछ कारोबार ?
    images

    काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य रु नौ सयले बढेको छ । छापावाल सुन मङ्गलबार रु ८९ हजार दुई सयमा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज छापावाल सुनको मूल्य रु ९० हजार एक सय तोकिएको छ ।

    त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८९ हजार ६५० कायम गरिएको छ । तेजाबी सुन मङ्गलबार प्रतितोला रु ८८ हजार ७५० मा कारोबार भएको थियो ।

    महासङ्घका अनुसार चाँदीको मूल्य मङ्गलवारका तुलनामा आज प्रतितोला रु २५ले बढेको छ । चाँदी मङ्गलबार प्रतितोला रु एक हजार १४० मा कारोबार भएको थियो । चाँदीको मूल्य आज प्रतितोला रु एक हजार १६५ तोकिएको छ ।

    प्रकाशित मिति :आश्विन ६ २०७८ बुधवार - १२:३२:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij