२०८२ भाद्र २५ गते बुधवार
१. बर्तमान संविधानले दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई के को रुपमा स्वीकार गरेको छ ?
विकल्पहरु : (क) साध्य (ख) साधन (ग) माध्यम (घ) ध्येय
२. सार्क राष्ट्रबाहेकका देशमा बसोबास गर्ने र साविकमा वंसज वा जन्मको आधारमा नेपाली नागरिक रही हाल विदेसी मुलुकको नागरिकता प्राप्त गरेका गैरआवासीय नेपालीलाई प्रदान गर्न सकिने नागरिकताका आधारमा कुन चाँहि अधिकार प्राप्त हुँदैन?
विकल्पहरु : (क) राजनैतिक (ख) सामाजिक (ग) आर्थिक (घ) सांस्कृतिक
३. “सम्पत्ति र पारिवारिक मामिलामा दम्पत्तिको समान हक हुनेछ?” भन्ने व्यवस्था बर्तमान संविधानले व्यवस्था गरेको कुन मौलिक हकमा समावेश छ ?
विकल्पहरु : (क) समानताको हक (ख) छुवाछुत वा भेदभावविरुद्धको हक
(ग) महिलाको हक (घ) सामाजिक न्यायको हक
४. राज्यका निर्देशक सिद्धान्तमा समेटिएको सामाजिक सांस्कृतिक मूल्य मान्यतामा कुन चाँहि पर्दैन ?
विकल्पहरु : (क) अनुशासन (ख) पुर्खाको सम्मान (ग) राष्ट्रिय गौरव (घ) उद्यमशीलता
५. प्रदेश सभामा सदस्य निर्वाचित गर्दा प्रत्येक राजनैतिक दलले निर्वाचित कुल सदस्य संख्याको कम्तिमा कति हिस्सा महिला सदस्य रहनुपर्ने व्यवस्था संविधानले गरेको छ ?
विकल्पहरु : (क) ४० प्रतिशत (ख) एक तिहाइ (ग) ३३ प्रतिशत (घ) कुनैपनि होइन
६. राष्ट्रपतिले प्रदेशसभा र मन्त्रिमण्डललाई बढीमा कति अवधिसम्म निलम्बन गर्न वा विघटन गर्न सक्ने व्यवस्था संविधानमा उल्लेख छ ?
विकल्पहरु : (क) १ वर्ष (ख) ३ महिना (ग) १ महिना (घ) ६ महिना
७. संघ, प्रदेश, स्थानीयका साझा अधिकार १५ वटा छन् संघ र प्रदेशका साझा अधिकार २५ वटा छन् भने प्रदेश र स्थानीय तहका साझा अधिकार कतिवटा छन् ?
विकल्पहरु : (क) २० (ख) २५ (ग) व्यवस्था नरहेको (घ) १७
सही उत्तर : १. ग २. क ३. ग ४. ख ५. ख ६. घ ७. ग
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij