२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । टीभीएस मोटरसाइकलको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले आक्रमक योजनासहित ‘ग्राण्ड एक्स्चेन्ज मेला’ आयोजना गरेको छ । असोज १ गते शुक्रबारबाट कम्पनीले ग्राण्ड एक्स्चेन्ज मेला काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको हो ।
यस मेलामा मोटरसाइकल एक्स्चेन्ज गर्ने कुनै पनि ग्राहकले डाउन पेमेन्ट गर्नु नपर्ने योजना अगाडि सार्ने जानकारी दिएको छ । त्यसैगरी ५ हजार ९९९ रुपैयाँ मासिक किस्तामा ग्राहकले नयाँ सवारी साधन किन्न सक्ने छन् ।
कम्पनीले ५० प्रतिशत डाउन पेमेन्ट पुर्याएर मोटरसाइकल किन्ने ग्राहकलाई सून्य प्रतिशत व्याजदरमा मोटरसाइकल दिने जनाएको छ । साथै, कम्पनीले एक्स्चेन्जमा मूल्यङ्कन भन्दा १० हजार थप एक्स्चेन्ज बोनस, दशैं स्कीममा ल्याएको स्क्र्याच कार्ड मार्फत किन्नुअघि १ लाखसम्म र किनेपछि १० लाखसम्म नगद छुट पाउने व्यवस्था मिलाएको छ ।
प्रि बुकिङ गराएर जाने ग्राहकले २ हजार रुपैयाँ बराबरको एसोशरिज र टेष्ट ड्राइभमा उपहार जित्ने मौका समेत पाउने जनाइएको छ । टीभीएसले नेपाली बजारमा विभिन्न किसिमका मोटरसाइकल र स्कुटरको विक्री वितरण गर्दै आएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij