Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

एकैदिन १४ सयले घट्यो सुनको मूल्य

एकैदिन १४ सयले घट्यो सुनको मूल्य


  • 10.6K
    Shares

    • images
    एकैदिन १४ सयले घट्यो सुनको मूल्य
    images

    नेपाली बजारमा सुनचाँदी दुवै मूल्यमा तीब्र गिरावट आएको छ । महिनाको पहिलो कारोबारको दिन समेत रहेको शुक्रबार सुनको मूल्यमा अधिकतम एक हजार ४०० रुपैयाँले गिरावट आउँदै ८९ हजार १०० रुपैयाँ कायम भएको हो । 

    यस्तै, यता चाँदीको मूल्य समेत आज तोलामा ३० रुपैयाँले सस्तिँदै एक हजार १७० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  जबकी गत बिहीबार बजारमा सुन प्रतितोला ९० हजार ५०० रुपैयाँ र चाँदी एक हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज यता तेजाबी सुनको मूल्य समेत तोलामा १४ सय रुपैयाँले नै सस्तिँदै ८८ हजार ६५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 
     

    प्रकाशित मिति :आश्विन १ २०७८ शुक्रवार - ११:३३:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij