Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

भीमफेदीदेखि गाडी बोक्ने घलानको निधन

भीमफेदीदेखि गाडी बोक्ने घलानको निधन


  • 5.9K
    Shares

    • images
    भीमफेदीदेखि गाडी बोक्ने घलानको निधन
    images

    टिस्टुङ । तत्कालीन राणा सरकारका लागि मकवानपुरको भीमफेदीबाट काठमाडौँसम्म गाडी बोकेर भित्र्याउनेमध्ये हिराबहादुर घलानको गए राति निधन भएको छ । मकवानपुर, थाहा नगरपालिका वडा नम्बर ५ निवासी ८९ वर्षीय जिउँदो इतिहास घलानको गएर गए राति निधन भएको हो ।

    घलानको निधनसँगै नेपालमा गाडी बोक्नेहरुको कथा इतिहासको पानामा सीमित हुन पुगेको छ । दुई वर्षअघि थाहा–५ कै जुक्तबहादुर वाइबाकोे निधनपछि घलान मात्र राणा शासकका लागि गाडी बोकेर काँध खियाउने एक मात्र जीवित पात्र हुनुहुन्थ्यो ।

    वडाकै सबैभन्दा ज्येष्ठ घलानको निधनले आफू अत्यन्त दुःखी भएको थाहा–५ का वडाध्यक्ष विष्णुबहादुर गुरुङले बताउनुभयो । जीवनभर २५ गाडी बोक्नु भएका घलानले विसं २००६ देखि नै गाडी बोक्न शुरु गर्नुभएको थियो । उहाँले ९६ जनाले बोक्ने गाडी एक पटक मात्रै बोक्नुभएको थियो भने ६४ जनाले बोक्ने गाडी १० पटक जति बोक्नुभएको थियो ।

    राणाकालमा भीमफेदीबाट काठमाडौँका लागि गाडी बोक्न सानो फाखेल, ठूलो फाखेल, तसर, मार्खु, सर्वाङ, बिसिंखेल, चित्लाङ, फाखेललगायत क्षेत्रका बासिन्दा भरिया हुन जाने गर्थे । थाहा नगरपालिकाको तसर गाउँका मात्रै ४८ भरियाले राणाकालीन गाडी बोकेका थिए ।

    आफ्ना बुबाले राणाहरुको गाडी बोकेको र लाठे भएपछि आफू पनि त्यही काममा लागेको घलानले सुनाउनुभएको थियो । एक वर्षदेखि पक्षाघातले थलिनुभएका उहाँ घरमै बसेर आराम गरिरहनुभएको थियो । उहाँका दुई छोरा र तीन छोरी हुनुहुन्छ । रासस

    प्रकाशित मिति :पौष ८ २०७७ बुधवार - १२:०८:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij