Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

राउटेलाई प्रदेश सरकारले मासिक दुई हजार दिने

राउटेलाई प्रदेश सरकारले मासिक दुई हजार दिने


  • 8.4K
    Shares

    • images
    राउटेलाई प्रदेश सरकारले मासिक दुई हजार दिने
    images

    कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे समुदायलाई प्रतिव्यक्ति दुई हजार रुपैयाँ दिने निर्णय गरेको छ ।  सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राउटे जातिको संरक्षण र संवर्द्धन गर्नका लागि दुई हजार दिने निर्णय गरेको हो । 

    जसअन्तर्गत प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयबाट गुराँस गाउँपालिका दैलेखलाई वित्तीय हस्तान्तरण गरिनेछ । त्यसपछि गुराँस गाउँपालिकाले नियमअनुसार वितरण गर्ने बताइएको छ ।

    गुराँस गाउँपालिका–८ का स्थायी बासिन्दाका रुपमा परिचयपत्र बनाएका राउटे समुदायलाई यसअघि केन्द्र सरकारको सामाजिक सुरक्षाभत्ताबापत मासिक प्रतिव्यक्ति तीन हजार दिने गरेको छ । 

     

    प्रकाशित मिति :पौष ७ २०७७ मंगलवार - १६:५४:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij