२०८२ भाद्र १० गते मंगलवार
लहान । सिराहा जिल्लाको सुखीपुर नगरपालिकाको कार्यालयमा कुकर बम फेला परेको छ । उक्त बम मंगलबार बिहान फेला परेको हो ।
नगरपालिकाका कर्मचारिहरुले संकास्पद वस्तु झोला भित्र देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीको टोली सो स्थानमा पुगेर हेर्दा कुकर बम भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
बम फेला परेको सूचना पाउनासाथ इलाका प्रहरी सुखीपुर तथा सशस्त्र बेश क्याम्पस सुखीपुरबाट खटिएको टोलीले कार्यालयलाई तत्कालका लागि सिल गरेको सिरहाका प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जियारले जानकारी दिए ।
अज्ञात समूहले विस्फोट गराउने उद्देश्यले सो बम राखिएको हुनसक्ने प्रहरीको अनुमान छ । फेला परेको बम निष्क्रिय पार्न नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र निष्क्रिय पार्ने तयारी गरिरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij