२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ महानगरपालिका–१६ बालाजु स्थित वसन्तनगरबाट प्रहरीले जुवा खेलिरहेका ७ जनालाई पक्राउ गरेको छ । हिलो टोल स्थित भारतको बिहार घर भएका ३४ वर्षीय लाल बाबु गुप्ताको टहरोमा तास खेलिरहेको अवस्थामा गुप्ता सहित ७ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले जुवा खालबाट १ लाख ३१ हजार नगद र एकबुक तास बरामद गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij