२०८२ माघ ८ गते बिहिवार
भारतमा थप ३१ हजार २२२ जना कोभिड १९ संक्रमित पहिचान भएका छन्। पहिचान भएका संक्रमित मध्ये १९ हजार ६८८ जना केरलामा भेटिएका हुन्।
यस्तै, ४२ हजार ९४२ जना संक्रमण मुक्त भएका छन्। यससँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ९२ हजार ८६४ पुगेको छ।
संक्रमणका कारण थप २९० जनाको मृत्यु भएको छ। भारतमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म ४ लाख ४१ हजार ४२ जनाको मृत्यु भइसकेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij