२०८२ भाद्र ३ गते मंगलवार
बर्दिया । प्रहरी चौकी महम्मदपुर बर्दियाबाट खटिएको प्रहरी टोलिले बेवारिसे अवस्थामा छोडिएका कपडा बरामद गरेको छ ।
प्रहरीले गुलरिया नगरपालिका वडा नं.११ स्थित भारतबाट अबैध रुपमा भन्सार छली गरी ल्याईएका करिब १५,००० रुपैयाँ बराबरका लेडिज कपडा फेला पारेको हो ।
बरामद कपडा आवश्यक कारबाहीको लागी राजापुर भन्सार कार्यालय गुलरिया बुझाइएको प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij